युट्युब भिडियोमा अब इमोजी रियाक्ट गर्न सकिने

युट्युबले टाइम स्पेसिफिक ईमोजी रियाक्सनको परीक्षण गरिरहेको छ । यो फिचरले गर्दा भिडियोको कुनै एक समयको कुरा तपाईलाई राम्रो लागेको छ भने त्यसलाई ईमोजी हालेर रियाक्ट गर्न सकिन्छ । कुनै निश्चित क्षणलाई मात्रै लक्षित गरेर यस फिचरले प्रतिक्रिया दिनेछ । कमेन्ट गर्दा एउटा युट्युब भिडियोमा भएको सबैकुरा माथि प्रतिक्रिया जनाउन नसकिने हुँदा अब निश्चित टाइमलाइनमा इमोजी...

सम्बन्धित सामग्री

अब जीमेलमा पनि इमोजी रियाक्सन पठाउन सकिने

जीमेलबाट इमेल पठाउँदा अब इमोजी रियाक्सन समेत पठाउन सकिने भएको छ । जीमलेको एन्ड्रोइड एपमा प्रयोगकर्ताहरूलाई यो फिचर रोलआउट गर्न सुरू भएको छ । विस्तारै आईओएस र वेबमा समेत यो सुविधा आउने छ । यस फिचरले आफुलाई सहजै अभिव्यक्त गर्न र द्रुत प्रतिक्रिया दिन मद्दत गर्ने जनाइएको छ ।  यो फिचर उपलब्ध भएपछि आफ्नो इमेल खोल्दा तल जेनरल अप्सन संग एड इमोजी रियाक्सन बटन देख्न सकिने...

ह्वाट्सएपमा थप नयाँ इमोजी आउँदै

म्यासेजिङ एप ह्वाट्सएपमा थप २१ ओटा नयाँ ईमोजी आउने भएका छन् । वाबेटाइन्फोका अनुसार एपले ८ ओटा ईमोजीलाईलाई यो बिचमा रिडिजाइन पनि गरिसकेको छ जुन बेटा भर्सनमा हेर्न पनि सकिन्छ । प्लेस्टोरमा उपलब्ध भएको पछिल्लो बेटा भर्सनमार्फत ८ ओटा नयाँ इमोजी प्राप्त गर्न सकिने छ भने चाँडै सबै बेटा प्रयोगकर्ताका लागि २१ ओटै ईमोजी उपलब्ध गराइनेछ । ह्वाट्सएपले एन्ड्रोइड बेटाका लागि...

एलन मस्क र सीईओ अग्रवाल बीच वाकयुद्ध, मस्कले गरे कम मूल्यमा ट्विटर किन्ने संकेत

जेठ ३, काठमाडौं । अमेरिकी खर्बपति व्यापारी तथा फोब्र्सको धनाढ्य सूची अनुसार विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले यस अघि प्रस्ताव गरेकोभन्दा कम मूल्यमा घरेलु माइक्रोब्लगिङ वेबसाइट ट्विटर किन्न सकिने संकेत गरेका छन् । मस्कले मियामीमा आयोजित एक प्रविधि सम्मेलनमा अनलाइनमार्फत सहभागी हुने क्रममा सोमवार यस्तो बताएका हुन् । मस्कले नक्कली ट्विटर प्रयोगकर्ताबारे औंल्याउँदै केही दिनयता सम्झौता थाँती राखेका छन् ।   सम्मेलनमा मस्कले ट्विटर खरीदबारे पुनःवार्ता गर्न खोजिने र यसको मूल्य यस अघिकोभन्दा कम हुने बताएका थिए । उनको यो अभिव्यक्तिपछि सोमवार ट्विटरको शेयरमूल्य ८ दशमलव २ प्रतिशतले घटेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकारी पराग अग्रवालले आन्तरिक अनुमान अनुरुप विगत चार त्रैमासमा नक्कली प्रयोगकर्ता ५ प्रतिशतभन्दा कम रहेको हुन सक्ने बताएका छन् । तर मस्कलाई कम्पनीको अनुमानमा फिटिक्किै विश्वास छैन ।  मस्कले अहिले सम्झौतालाई स्पाम वा नक्कली खातालाई अड्को बनाएर राखेका छन् । यस विषयमा मस्क र पराग बीच ट्विट युद्ध नै छेडिएको छ । ट्विटरले दैनिक ५ लाख स्पाम खाता रोक्का गर्ने गरेको परागले बताएका थिए । यो भनेको कम्पनीको कुल सक्रिय प्रयोगकर्ताको ५ प्रतिशतभन्दा कम हो । आफूहरुको अनुमान तर्क संगत रहेको भएपनि वास्तविक संख्या योभन्दा पनि उच्च हुन सक्ने परागको भनाइ छ ।  तर मस्कले भने ट्विटरको कुलध्ये कम्तिमा २० प्रतिशत प्रयोगकर्ता नक्कली रहेको सम्मेलनमा भनेका थिए । मस्कको टोलीले र्‍यान्डम स्याम्पलिङ प्रोसेस मार्फत नक्कली खाताको वास्तविक संख्या पत्ता लगाउन लागि परेका छन् । अग्रवालले स्पाम मावनीय वा बोट कस्तो खालको हो भन्ने विवरण पनि दिएका छैनन् । ट्विटरका कयौं खाता झट्ट हेर्दा नक्कली वा स्पाम देखिए पनि यिनीहरु वास्तविक व्यक्तिकै भएको पाइएको छ । स्पाम खाता चिन्ने मामिलामा कम्पनी खासै राम्रो नभएको अग्रवाल स्वयंले पनि स्वीकार गरेका छन् ।   अग्रवालको १३ ओटा ट्विटमा मस्कले जवाफ दिएका छन् । एउटामा उनले आची इमोजी हालेका थिए । मस्कले अहिले बोटबारे थापेको अड्कोलाई ‘गृहकार्य गरेको थिएं तर कापी कुकरले च्यातिदियो भनेर विद्यार्थीहरुले बनाएको बाहना’ सँग वेडबसका विश्लेषक ड्यान इभ्सले तुलना गरेका छन् । सम्झौता पूरा हुने सम्भावना ५० प्रतिशतभन्दा कम रहेको उनको दाबी छ । मस्कले कम्पनी किन्लान् भन्ने अनिश्चिय बढेसँगै हालैका दिनमा कम्पनीको शेयर मूल्य ओरालो लागिरहेको छ ।  मस्कले सम्झौता थाँती राखेपछि शुक्रवार ट्विटरको शेयर१० प्रतिशतले घटेको थियो । सोमवार यसमा थप ८ दशमलव १८ प्रतिशतको कमी आएको थियो । मस्कले ट्विटर किन्ने घोषणा गरेयता बढेको शेयरमूल्य  पछिल्लो समय सबै गुमिसकेको छ । सम्झौता भएन भने मस्कले सम्झौता रद्द गरेबापत १ अर्ब डलर शुल्क तिर्नु पर्नेछ । तर यसले पनि कम्पनीको शेयर मूूल्यलाई ३० डलरभन्दा तल झर्नबाट भने रोक्ने छैन ।  मस्कले जसरी भएपनि सम्झौता पूरा गर्छु भनेर देखाइरहेको भएपनि ट्विटर खरीदका लागि चाहिने रकमको जोहो कसरी गर्ने भनेर अहिले मस्कको टाउको दुखिरहेको छ । यो सम्झौताका लागि उनले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको शेयर बेच्ने हो कि भन्ने आशंकामा सम्झौताको घोषणा भएदेखि नै टेस्लाको शेयरमूल्य घटेको छ ।  बजार पूँजीकरण पनि ३ खर्ब गुमिसकेको छ । मस्कले ट्विटर खरीद सम्झौता थाँती राखेपछि शुक्रवार टेस्लाको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको थियो । मस्कले ट्विटर प्रतिकित्ता ५४ डलर २० सेन्टमा किन्ने  प्रस्ताव गरेका थिए । अहिले यसको मूल्य ३७ डलर आसपास झरेको छ । एजेन्सीको सहयोगमा

अब ह्वाट्सएप मेसेजमा इमोजी पठाउन सकिने

मेटा कम्पनी स्वामित्वको मेसेजिङ एप ह्वाट्सएपले रियाक्सन फिचरको परीक्षण गत महिनादेखि गर्दै आएकोमा अब औपचारिक रुपमा सुरुवात गरेको छ । यो सँगै आम ह्वाट्सएप प्रयोकर्ताले ह्वाट्सएप रियाक्सन फिचर प्रयोग गर्न पाउनेछन् । मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले बिहीबार मे ५ देखि ह्वाट्सएपको उक्त नयाँ फिचर सुरु भएका घोषणा गरेका हुन् । जुकरबर्गल आफ्ना फेसबुक पोष्टमा […]

ह्वाट्सएपमा पनि इमोजी रियाक्टको सुविधा

ह्वाट्सएपका म्यासेजहरूमा अब ‘रियाक्ट’ गर्न सकिने भएको छ । फेसबुक, इन्स्टाग्राम, ट्वीटरहरूमा आएका म्यासेजमाझैं अब ह्वाट्सएपका म्यासेजमा पनि इमोजी रियाक्ट गर्ने सुविधा ल्याइँदैछ । योसँगै ह्वाट्सएपमा अब दुई जीबीसम्मका फाइल पनि सेयर गर्न सकिने भएको छ । यसअघि १ सय एमबीका फाइल मात्रै सेयर गर्न सकिन्थ्यो ।

ह्वाट्स एपले नयाँ फिचर ल्याउँदै

काठमाडौं, १० भदौ । ह्वाट्स एपले नयाँ फिचर ‘म्यासेज रियाक्सन’ ल्याउने भएको छ । यो फिचर आएपछि ह्वाट्सएपमा आएका म्यासेजमा अब विभिन्न इमोजी प्रयोग गरी रियाक्ट गर्न सकिने छ । कम्पनीले फेसबुक म्यासेन्जरमा जस्तै सिधै म्यासेजमा क्लिक गरेर रियाक्ट गर्न मिल्ने फिचर उपलब्ध गराउने भएको हो । यो फिचर यसअघि इन्स्टाग्राम म्यासेन्जरमा उपलब्ध छ । […]

फेसबुक म्यासेन्जरमा आवाज सहितको इमोजी

काठमाडौं। फेसबुकले म्यासेन्जरमा आवाज सहितको इमोजी (साउन्ड इमोजी) पठाउन सकिने नयाँ फिचर ल्याएको छ। फेसबुकले म्यासेन्जरमा बिहिबारदेखि साउन्ड इमोजी सार्वजनिक गरेको हो। आवाज सहितका हाहा ,ताली, धुन, अचम्म लगाएतका ११ वटा इमोजीमा आवज आउने फिचर ल्याएको हो। फिचर प्रयोग गर्न प्रयोगकर्ताले म्यासेज लेखेर इमोजीको साउन्ड आईकनमा थिचेर साउन्ड सहितको इमोजी देख्न र सुन्न सक्नेछन्।