कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा देखिएको ५८ प्रतिशत असफलताका कारणहरूलाई न्यूनीकरण गरी विपद्जन्य कारणबाट हुने असफलता र नियन्त्रणबाहिरको परिस्थितिबाट हुने असफलतामा मात्र सीमित हुनेगरी करीब १० प्रतिशतमा झारी ९० प्रतिशत सफलता कायम हुने गरी काम गर्न सकिन्छ । नीतिगत तथा कानूनी सुधारमा कार्यक्रम तथा बजेट तर्जुमा, स्वीकृति, तत्काल सुधार कार्ययोजना, अन्तरनिकाय समन्वय, जिम्मेवारी र जवाफदेहिता, कार्यसम्पादन सम्झौता, पुरस्कारदण्डको व्यवस्था, अनुगमन मूल्यांकन, समस्या तथा विवाद साधान संयन्त्रलगायत विषयमा स्पष्ट कानूनी तथा नीतिगत व्यवस्था गरी कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता ल्याउनुपर्ने देखिन्छ ।