हिन्दी सिने जगतकी अभिनेत्री आलिया भट्ट र अभिनेता रणबीर कपुरको लभ स्टोरी चर्चामा छ । भट्ट परिवारका अनुसार यी दुईको विवाह हुँदैछ । विवाहको मिति पनि निश्चित भइसकेको छ ।उनीहरुको प्रेम कहानीको कुरा गर्ने हो भने आलिया भट्टले आफ्नो पहिलो फिल्म रिलिज हुनुअघि नै रणबीर कपुरका लागि आफ्नो प्रेम लगभग सबैलाई बताइसकेकी थिइन् । यो सन् २०१२ को कुरा हो जब आलियाको फिल्म स्टुडेन्ट अफ द इयर रिलिज भएको थियो ।लामो समयदेखि आलिया भट्ट र रणबीर कपुरको विवाहको चर्चा चलिरहेको छ । सोसल मिडियामा पनि उनीहरुको तस्बिर आउने