रुकुम पश्चिम - स्वास्थ्यको हिसाबले फाइदाजनक मानिने सिस्नोको धुलो (पाउडर) कोरोना सङ्क्रमित भएर आइसोलेशनमा भर्ना भएका बिरामीहरुलाई नि:शुल्क रुपमा उपलब्ध गराइएको छ ।
रुकुम पश्चिममा सिस्नोको पाउडर उत्पादन गरिरहेको हिमालय सिस्नो पाउडर उद्योगले जिल्ला अस्पताल सल्लेको आइसोलेशन अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रमितहरुलाई खुवाउनको लागि सिस्नोको धुलो उपलब्ध गराएको हो ।
हिमालय सिस्नो पाउडर उद्योगका सञ्चालक सुन्दर शर्माले नि:शुल्क खाना खुवाउने अभियानमा रहेको टिमलाई अभियानको अवधिभर बिरामीको इच्छा, माग र आवश्यकता अनुसार सिस्नो...