'राष्ट्रपति व्यक्ति मात्रै होइनन्, हेड अफ द स्टेट हुन्, राजीनामा दिने कुरा हुँदैन'

राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने भएकी छन् । संघीय संसद्का दुवै सदनबाट पारित भएर दोस्रो पटक राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण गर्न पठाएको आज १५ दिन पुरा हुँदैछ । तर अहिलेसम्म विधेयक प्रमाणीकरण नभएपछि यसबारे व्यापक चासो प्रकट भइरहेको छ । नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकालाई लिएर विभिन्न टिप्पणीहरू भइरहेका छन् ।कतिपयले राष्ट्रपतिले नागरिकतामा राजनीति गरेको भन्दै उनको भूमिकाप्रति आलोचना गरिरहेका छन् । यही चासोसहित रातोपाटीले राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहक