जनसङ्ख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञको सुझाव

नयाँ बन्ने जनसङ्ख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । बिहीबार जनसङ्ख्या दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले २०७८ सालको जनगणनाअनुसार सरकारले नयाँ जनसङ्ख्या नीति बनाइरहेको भन्दै नीतिको कार्यान्वयमा जोड दिन आग्रह गरेका हुन् ।