लिभरपुल एफए कपको सेमिफाइनलमा, सिटीको सामना गर्ने

लिभरपुल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको क्वाटरफाइनलमा च्याम्पियनसिप क्लब नटिङघम फरेस्टलाई १–० गोल अन्तरले हराउँदै लिभरपुल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । नटिङघम फरेस्टको घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा डिएगो जोटाले निर्णायक गोल गरे ।  पहिलो हाफमा गोल रहित बारबारी खेलेको लिभरपुलका लागि जोटाले खेलको ७८ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । लिभरपुलले सेमिफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । सिटीले साउटह्याप्टनलाई हराउँदै सेमिफ