स्काभेटरले तोडफोड गरी ई–रिक्सा नष्ट

खजुरा : नेपालगञ्ज उपमहानगरले नियन्त्रणमा लिएका अवैध रूपमा सञ्चालित ई-रिक्सा नष्ट गर्न शुरु गरेको छ। लामो समयदेखि ई-रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई-रिक्सा नष्ट गर्न थालेको हो।गत मङ्सिर १९ गतेदेखि अवैध रूपमा सञ्चालित ई-रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरले मङ्गलवार पाँच ई-रिक्सा नष्ट गरेको छ। आवश्यक कागजात नभएका ती ई-रिक्सा प्राविधिक जाँच गरी स्काभेटरले तोडफोड गरी नष्ट गरिएको हो। नष्ट गरिएका ई-रिक्सामा भे १ स ५४९८, भे १ स ८७५१, भे १ स ४८, भ