नेपाल सरकारका गृहमन्त्री र सातै प्रदेशका गृहमन्त्रीबीच भेटवार्ता, बुझाए प्रहरी समायोजनबारे ध्यानाकर्षण पत्र

काठमाडौं,१२ मंसिर । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले आज गृह मन्त्रालयमा संयुक्त भेटघाट गरेका छन् । प्रदेशहरुको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउनुपर्ने बताउँदै गृहमन्त्री श्रेष्ठलाई उनीहरुले ध्यानाकर्षण पत्र समेत बुझाएको गृह मन्त्रालयले जनाएको छ । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संविधानत प्रदेशहरुलाई अधिकार सम्पन्न […]