१० वर्षअघिको आर्थिक अभियानबाट: राप्तीमा पहिलो प्रशोधित पानी उद्योग

राप्ती अञ्चलको पहिलो खानेपानी उद्योग स्वर्गद्वारी ड्रिंकिङ वाटरबाट उत्पादित प्रशोधित पानी मिनरल वाटरको बजार क्रमश: विस्तार भइरहेको छ । विसं २०६६ असारदेखि सञ्चालनमा आएको यस उद्योगले दैनिक १० हजार प्रशोधित लिटर पानी उत्पादन गर्दै आएको धर्मेन्द्र केसीले अभियानलाई बताए । उनले भने, ‘उद्योगबाट उत्पादित पानीको बजार दाङका अतिरिक्त सल्यान, प्युठान, रुकम, रोल्पा जिल्लासम्म विस्तार भएको छ । सो उद्योगले हिउँदमा भने दैनिक ४ हजार लिटर पानी मात्र उत्पादन गर्दै आएको छ ।  करीब रू ६० लाखको लगानीमा स्थापित सो उद्योगको ५ घण्टामा १ हजार लिटर पानी प्रशोधीकरण गर्ने क्षमता रहेको छ । उद्योग सञ्चालक केसीले ओजोनेशन प्रविधिबाट पानी शुद्धीकरण गर्ने गरिएको पनि बताए । दुईवटा शुद्धीकरण मेसिन रहेको सो उद्योगबाट उत्पादित प्रशोधित पानी १ लिटरको बोतलदेखि २० लिटरसम्मका जारमा उपलब्ध छन् । केसीका अनुसार उद्योगले पानी राख्ने बोतल पनि आफै उत्पादन गर्दै आएको छ । उनले भने, ‘जिल्लामै उद्योग स्थापना भएपछि प्रशोधित पानी पिउनेको सड्ख्या बढेको छ ।’ पहिले कार्यालयहरूमा मात्र प्रयोग हने प्रशोधित पानी अहिले घरघरमा पनि प्रयोग हुन थालेको छ । वर्ष ६, अंक ७१ , बुधवार, १५ मंसिर, २०६७

सम्बन्धित सामग्री

४१ उद्योगको पानी पिउन अयोग्य, मन्त्री भन्छन्- बन्द गरिदिन्छौँ

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न ४१ उद्योगबाट प्रशोधित बोत्तल तथा जार पानी पिउन अयोग्य रहेको ठहर गर्दै मुद्दा दायर गरेको छ। मुद्दा दायर भएकामध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा संचालित प्रशोधित पानी उद्योग छन्।