मन्त्री सुमनाले सोधिन् : विद्यार्थी भर्नामा सचिव, महानिर्देशक, सिडिओ, प्रहरीको कोटा हुन्छ रे हो?

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गरेकी छिन्।उनले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरेकी छिन्। ती विद्यालयका प्राचार्यहरुसँग आज  मन्त्रालयमा  भएको बैठकमा  मन्त्री श्रेष्ठले भनिन्,  “ती विद्यालयले भर्नाका लागि