२०२४ फागुन २८ मा रुसको सहायतामा स्थापना भएको कृषि औजार कारखाना २०५९ सालमा बन्द भयो । बन्द भएको झण्डै २० वर्षपछि राष्ट्रिय आविस्कार केन्द्रले उद्योगको मर्मत सम्भारसहित सञ्चालनको जिम्मेवारी पाएको छ । यतिबेला राष्ट्रिय आविस्कार केन्द्रका वैज्ञानिक तथा इञ्जिनियरहरु कारखानाको मर्मतमा अहोरात्र खटिएका छन् । तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहदेवले उद्घाटन गरेको उद्योगको शिलान्यास …