कोरोनाको त्रासले नागढुङ्गा सुरुङमार्गका आधाभन्दा बढी कामदारले काम छोडे

काठमाडौं। नागढुङ्गा सुरुङमार्गमा कार्यरत आधाभन्दा बढी कामदारले काम छोडेका छन्। नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले अघिल्लो सातासम्म छसयभन्दा बढी कार्यरत रहेकामा अहिले यहाँ तीनसयजना कामदार रहेको बताए। अहिले सुरुङमार्गमा कार्यरत३२ जना कामदारमा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए। उपस्थित भएका कामदारबाट निर्माण कार्यलाई गति दिइएको छ। जापान सरकारको ‘सफ्ट लोन’मा४२ महिनामा सो सुरुङको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।