बालबालिकामाथि अनलाइनमार्फत हुने यौन शोषणमा वृद्धि : अध्ययन

काठमाण्डाै - पछिल्लो समय बालबालिकामाथि अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ ।  बालअधिकार र बाल संरक्षणसम्बन्धी काम गर्दै आएको बालअधिकारवादी संस्था सिविन नेपालले गरेको अध्ययनअनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको हो ।  सिविन नेपालले सन् २०२० मा सातवटै प्रदेशका ९ वर्षदेखि १९ वर्ष उमेर समूहका १७१४ जना बालबालिका तथा किशोरकिशोरीमा गरिएको अध्ययनबाट बालबालिमामाथि अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको देखिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्नीमा ...

सम्बन्धित सामग्री

जापानमा गम्भीर यौन अपराधको संख्यामा वृद्धि

सन् २०२२ मा जापानमा गम्भीर यौन अपराधको संख्या अघिल्लो वर्षको तुलनामा तीव्र गतिमा बढेको छ । जापानमा जबरजस्ती यौनसम्पर्कका घटना १९.३ प्रतिशतले बढेर १,६५६ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। राष्ट्रिय प्रहरी एजेन्सीले जारी गरेको तथ्याङ्कअनुसार हिंसा वा धम्की समावेश भएका यौन दुर्व्यवहारका घटनाको सङ्ख्या ९.९ प्रतिशतले बढेर ४,७०८ पुगेको छ। त्यस्तै बलात्कार र अन्य प्रकारका …

महोत्तरीमा ४० जनामा यौन दुर्व्यवहार, १० जनाको हत्या

महोत्तरी– महोत्तरीमा पछिल्लो एक वर्षमा अपराधजन्य क्रियाकलापमा वृद्धि भएको छ । एक तथ्यांकअनुसार ०७८ मा यहाँ  बलात्कार, बलात्कार प्रयास र  यौन दुर्व्यवहारका ४० र  १० जनाको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ। आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीमा आयोजनामा भएको कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गर्दै महोत्तरी अपराधजन्य क्रियाकलापको चपेटामा पर्दै गएको निश्कर्ष निकालेको हो […]

अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना बढे

न्युयोर्क – अमेरिकी सेनामा यौन दुर्व्यवहारका घटना गत वर्ष १३ प्रतिशतले बढेको छ । सेना र नौसेनामा दुर्व्यवहारका घटना उल्लेखनीय ढंगले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । एक गोप्य सर्वेक्षणमा सो अवधिमा सेनामा काम गर्ने ३६ हजार जनाले अनावश्यक यौन सम्पर्कको अनुभव गरेका थिए । सेनामा यौन दुर्व्यवहारका घटना बढेपछि विज्ञहरूले सेप्टेम्बरको अन्त्यमा अमेरिकाले कम्तीमा […]

चितवनमा यौनजन्य हिंसाका घटना बढ्दै

चितवनमा पछिल्लो तीन वर्षका अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । माइती नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको मानव बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण नियन्त्रणका लागि सरोकारवालासँगको अन्तक्र्रियामा प्रहरी उपरीक्षक अधिकारीले पछिल्ला वर्षहरूमा यौनजन्य घटनामा वृद्धि हुँदै गएको जानकारी दिए । उनले जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा जबर्

सोलुखुम्बुमा बलात्कारका घटना उच्च गतिमा वृद्धि

सोलुखुम्बु । सोलुखुम्बुमा बलात्कारका घटना उच्च गतिमा वृद्धि भएका छन् । बालिकालाई ललाईफकाई बलात्कार तथा यौन दुराचार गर्ने, महिलालाई प्रलोभनमा पार्ने, सहमतिमा यौन सम्बन्ध राखेर शर्त पूरा नगरेपछि प्रहरीमा उजुरी पर्ने गरेका कारण बलात्कारका घटना बढेको प्रहरीले जनाएको छ । साेही जिल्लामा एक वर्षको अवधिमा २५ जना बालिका तथा महिला बलात्कृत भएका छन् । आर्थिक […]

जुम्लामा यौन दुर्व्यवहारका घटनामा वृद्धि

जुम्लामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना क्रमशः बढ्दै गएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन दुर्व्यवहारका घटना भएका छन् । अघिल्लो वर्ष बलात्कारका तीन र यौन दुर्व्यवहारका पाँच गरी आठ वटा घटना घटेका थिए । यी घटना नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१ मा उल्लेख गरिएका छन् । सन् २०२१ जनवरीदेखि डिसेम्बरसम्म बलात्कारका चार र यौन दुर्व्यवहारका पाँच गरी नौ वटा घटना घटेका छन् । ती घटनाका सात जना आरोपित पूर्

जुम्लामा यौन दुर्व्यवहारका घटनामा वृद्धि

जुम्लामा बलात्कार तथा यौन दुर्व्यवहारका घटना बढेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष ९ वटा बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएका छन्। अघिल्लो वर्ष...

हामी ‘यार्सागुम्बाका झुसिलकीरा’

यार्सागुम्बा हजारौँ वर्षसम्म चिनियाँ औषधिका रूपमा प्रयोग हुँदै आएको छ । विशेषगरी पुरूषमा यौन क्षमता वृद्धि गर्ने बहुमूल्य ‘फंगस’ वा एक प्रकारको च्याउ वा झार भनेर यसलाई धेरैले चिन्छन् ।...

प्रदेश १ मा यौन दुर्व्यवहारका घटनामा वृद्धि

विराटनगर (अस) । प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौन दुर्व्यवहारको घटना बढेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महीनाको स्थिति सूचकले बालबालिका तथा महिलामाथि यौनजन्य घटना बढेको देखाएको छ । मानव अधिकारको अवस्था सार्वजनिकीकरण अन्तरक्रियामा इन्सेकका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले महिलामाथि परिवारजनबाटै हत्या र बलात्कारपछि हत्याका घटना बढेको पाइएको बताए । यस्ता घटनाबाट यस वर्षको जनवरीदेखि जुनसम्मको अवधिमा ३६६ जना पीडित भएका छन् । इन्सेककोे अभिलेखका आधारमा अप्रिलदेखि जुनसम्मको अवधिमा बाल अधिकारका घटनामध्ये हत्या प्रयासमा एक बालक, एक बालिका, यौन दुव्र्यवहारका घटनामा दुई बालक, १९ बालिका, बालविवाहको घटनामा चार बालिका र बलात्कारको घटनामा ५० बालिका गरी ७६ जना पीडित भएका छन् । यसैगरी महिलामाथि घरेलु हिंसामा २४, बहुविवाहका घटनामा १३, बलात्कारका घटनामा २७, बलात्कार प्रयासका घटनामा १० र यौन दुव्र्यवहारका घटनामा तीनजना पीडित भएको प्रलेख अधिकृत अधिकारीले बताए । सो अवधिमा बालबालिकाविरुद्ध भएका हिंसाबाट बेचविखन तथा ओसारपसारमा दुई, बलात्कारका घटनामा ३४, यौन दुव्र्यवहारका १६, विद्यालयमा दिइने शारीरिक दण्ड सजायबाट र बालविवाहका घटनाबाट ५४ जना बालबालिका पीडित भएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी महिलाविरुद्ध भएका हिंसाका घटनामा ७९ जना महिला पीडित भएको, २८ ओटा बलात्कारका घटना भएको, १३ ओटा प्रयास भएको र एउटा यौन दुव्र्यवहार भएको पाइएको छ । प्रदेश १ का १४ ओटा जिल्लाका इन्सेक प्रतिनिधिहरूबाट संकलन गरिएका घटनाहरूको आधारमा जनवरीदेखि जुनसम्मको मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांकसहित स्थिति सूचक प्रकाशन गरिएको इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले बताए । अन्तरक्रिया कार्यक्रममा इन्सेकका अध्यक्ष डा. इन्दिरा श्रेष्ठले इन्सेकले हरेक वर्षको फागुन ७ गते प्रकाशन गर्दै आएको वर्ष पुस्तकमा समेट्ने घटनाहरूको अभिलेखीकरणमा थप सुझाव लिने उद्देश्यले अधिकारकर्मीबीच अन्तरक्रिया कार्यक्रम गरिएको जानकारी दिइन् ।

महोत्तरीमा यौन हिंसाका घटनामा वृद्धि

जलेश्वर । विगत सात महिनाको अवधिमा महोत्तरीमा ४१ वटा यौन हिंसाका घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका अनुसार आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि माघ महिनासम्म जिल्लामा ४१ वटा यौनहिंसाका घटना घटेका हुन् । महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले सो अवधिमा ३१ जबर्जस्ती करणी र १० जबर्जस्ती करणी प्रयासका घटना गरी जम्मा ४१ […]