नेताका अप्रिय, जनताका प्रिय

प्रत्यक्षतर्फ दुई तिहाई सिटको अन्तिम परिणाम आइसक्दा प्रतिनिधिसभामा १२ दलको प्रवेश भइसकेको छ । तर यसपटक दलबाट मात्रै होइन, दलले लत्याएर टिकट नदिएका नेताहरुले पनि चुनाव जितेका छन् । गठबन्धनमा सिटको भागबन्डा र दलभित्रको गुटगत चलखेलमा नेताको प्रिय पात्र बन्न नसकेका केही नेताले पार्टीबाट अलग भएर उम्मेदवारी दिएर पनि चुनाव जितेका हुन् ।