कार्यदल लगत्तै गठबन्धनका शीर्ष नेताकाे बैठक बस्ने

पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बिहीबार दिउँसो ३ बजे बस्ने भएको छ । सिट बाँडफाँट गर्न बनेको कार्यदलले आजै प्रतिवेदन बुझाउने भएपछि त्यसमाथि छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । ‘कार्यदलको बैठक सकिएपछि शीर्ष नेताको बैठक बोलाइएको छ’, बालुवाटार स्रोतले भन्यो,‘कार्यदलले बुझाउने प्रतिवेदनमा छलफल होला ।’ यसअघि दिउँसो १ बजे बस्ने भनिएको बैठक समय परिवर्तन गरेर ३ बजेलाई सारिएको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहिला दिउ

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धनको बैठक बस्न सकेन

२४ भदौ, काठमाडौं । शीर्ष नेताहरुको कार्यव्यस्ताका कारण सत्तारुढ गठबन्धनको बैठक शुक्रबार बस्न सकेन । अब भोलि शनिबार ४ बजे बैठक बस्ने नेताहरुले बताएका छन् । सिट बाँडफाँट टुंगो लगाउन शुक्रबार दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेता र कार्यदल सदस्यहरुको बैठक बोलाइएको थियो । तर नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा इन्द्रजात्रामा सहभागी […]

बालुवाटारमा कार्यदलसहित शीर्ष नेताको बैठक : कार्यदलले प्रतिवेदन बुझाउने

सत्ता गठबन्धनका कार्यदल सदस्यसहित शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ । बैठक ३ बजे बस्ने भनिएपनि केही ढिलागरी मात्रै शीर्ष नेता बालुवाटार पुगेका थिए ।  बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् । यसअघि बिहानदेखि कार्यदलको बैठक समेत बालुवाटारमै बसिरहेको थियो । आजको बैठकमा कार्य