नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले अवलम्बन गरेका नीति,कार्यक्रम र उम्मेदवारहरूले आ–आफ्ना निर्वाचन क्षेत्रमा उठाएका राष्ट्रिय तथा स्थानीय सरोकारका विषयहरूलाई मतदातासमक्ष पुर्याउन निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिका सदस्य श्री बालकृष्ण खाँणको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमितिलाई आज पूर्णता…