काठमाण्डौ – हरेक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आजदेखि तीन दिनसम्म देशभर विभिन्न कार्यक्रम गरिँदै छ ।
२००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । गएको माघ २० गते यो वर्ष प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो ।
बैठकले दिवसका अवसरमा आज, भोलि र पर्सि गरिने विभिन्न कार्यक्रमसमेत अनुमोदन गरेको थियो । समितिले अनुमोदन गरेअनुसार आजदेखि पर्सिस...