सर्वोच्च अदालतको आदेशपछि उपप्रधानमन्त्रीको जिम्मेवारीबाट मुक्त भएका अर्थमन्त्री विष्णु पौडेलले गृहमन्त्रीको समेत जिम्मेवारी पाएका छन् । नयाँ गृहमन्त्री बनेका पौडेल शुक्रबार दिउँसो ललितपुरस्थित होटल समिटमा पुगे ।मन्त्री पौडेल सहभागी बनेको सो बैठक एमालेको माधव नेपाल पक्षसँग आयोजना गरिएको थियो । एमालेका दोस्रो तहका नेताहरुले समिटमा भेला भएर पार्टी एकताका विषयमा छलफल गरेका थिए ।स्रोतका अनुसार मन्त्री पौडेलसँग ओली पक्षका अर्का एक नेतासमेत थिए । माधव नेपाल पक्षबाट घनश्याम भुसाललगायतको उपस्थिति थियो ।अ