अर्घाखाँची: करेन्ट लागेर अर्घाखाँची शितगंगा –१२ पिरापानीका ४७ वर्षीय विष्णु गैरको मृत्यु भएको छ।घरमै जडान गरिएको कुटानपिसान मिल सरसफाई गर्नेक्रममा एक्कासी करेन्ट लागेर घाइते भएका गैरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। गैरेका श्रीमती तीन छोरा एक छोरी रहेका छन्।