आगाे ताप्ने क्रममा जलेर सर्लाहीमा एक जनाकाे ज्यान गयाे

सर्लाही – आगो ताप्ने क्रममा जलेर सर्लाहीको हरिवनमा एक जना महिलाको  ज्यान गएको छ ।  आगाेले जलेर हरिवन नगरपालिका ३ की ५५ वर्षीया गोरीमाया रखालकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । आगाेले जलेर घाइते हुनुभएकी रखालकाे प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा आज बिहीवार दिउँसो ज्यान गएको हो ।  मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

सम्बन्धित सामग्री

सर्लाहीमा आगाे ताप्ने क्रममा जलेर ७५ वर्षीया वृद्धाकाे ज्यान गयाे

सर्लाही - सर्लाहीमा आगाे ताप्ने क्रममा जलेर एक वृद्धाकाे ज्यान गएकाे छ ।  सर्लाहीको गोडैता नगरपालिका-११ सिसौटियामा आगो ताप्ने  क्रममा जलेर ७५ वर्षीया वृद्धा देवकली देवीकाे ज्यान गएकाे हाे ।  घरमा आगो बालेर  ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि गम्भीर घाइते भएकी देवकलीको उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याउँदै गर्दा गएराति बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।