दशैँमा घुम्न जाने ठाउँ र बस्ने होटल कसरी छान्ने ? (पर्यटन व्यवसायी अर्यालको टिप्स)

दशैँ नजिकिएसँगै मानिसहरु घुमफिरका गन्तव्य खोज्न व्यस्त हुन थालिसकेका छन् । विशेषगरी ‘एडभेन्चर एक्टिभिटिज’ मन पराउने युवाहरु नयाँ नयाँ ठाउँको खोजीमा लागेको पाइन्छ । सँगै, दशैँ बिदामा परिवारसँग नेपालको नयाँ ठाउँ घुमेर रमाइलो गर्ने योजनामा ‘कर्पोरेट हाउस’का सञ्चालकदेखि सरकारी तथा नीजि क्षेत्रमा कार्यरत कर्मचारीसम्म छन् ।नेपालमा घुम्ने संस्कृतिको विकास क्रमशः बढेको छ । आन्तरिक पर्यटन फस्टाउँदो छ । यसले देशका गन्तव्यको प्रचारसँगै विदेश घुम्दा बाहिरिने नेपाली रुपैयाँ यहीँ बचत भएको छ । पर्यटन व्यवसायी आग्रह अर्याल भन्छन्, ‘घुम्न निस्कँदा बजेटको पनि प्लान बनाउनुपर्छ’पोखरा र चितवनमा होटल व्यवसाय सञ्चालन गर्दै आएका युवा पर्यटन व्यवसायी आग्रह अर्याल नेपालीहरुमा पछिल्लो समय घुम्ने संस्कृतिको विकास भएकोमा खुशी व्यक्त गर्छन् । ठूला उद्योगी व्यवसायीदेखि मध्यम आय भएकाहरु पनि आफ्नो खर्च गर्ने क्षमता अनुसार घुम्न निस्केको देख्दा उनलाई नेपालको आन्तरिक पर्यटन चाँडै भरपर्दो बन्ने विश्वास लाग्छ ।तर, सँगै खर्चको योजना नबनाउँदा कतिपय गन्तव्यमा पर्यटकहरु अलपत्र पर्ने जोखिम पनि उत्तिकै हुन्छ भन्छन् उनी । ‘नेपालीहरुको घुम्ने कल्चर बढेको छ, यो सुखद् कुरा हो’ उनी भन्छन्, ‘घुमफिरमा निस्कँदा बजेटको प्लान बनाउनु अति आवश्यक हुन्छ । प्लान अनुसार ठ्याक्कै नमिल्न सक्छ, तर खानामा यति, खाजामा यति, होटलमा यति, आफू जान लागेको गन्तव्यमा पाइने नयाँ चीज बस्तुहरु चीनोको रुपमा खरिद गर्न यति भनेर खर्चको औसत प्लान चाहिन्छ ।’उनले आफू जान चाहेको गन्तव्यमा पुगेर फर्किदासम्म हुन सक्ने अनुमानित खर्चको योजना गरेर मात्रै घुम्न निस्कनुपर्ने सुझाव घुम्न चाहनेलाई दिएका छन् । सँगै, रि–भ्यू हेर्न नभुल्नुव्यवसायी अर्यालले कुन ठाउँमा जान लागेको हो, त्यो ठाउँमा उपलब्ध होटलहरु कुन कुन हुन्, कुन होटलको विशेषता के छ भनेर पहिल्यै बुझेर मात्रै बुकिङ गर्न सुझाएका छन् । यसका लागि ती होटलमा बसिसकेका र आफू जान चाहेको क्षेत्रमा घुमफिर गरिसकेका व्यक्तिले लेखेको प्रतिक्रिया (रि–भ्यू) पढ्न पनि उनले सुझाव दिएका छन् ।‘पहिला बसेका पर्यटकहरुले दिएको प्रतिक्रिया हेर्ने गर्नुपर्छ, टुरिष्ट स्ट्याण्डर्डका होटलहरुमा रि–भ्यू लिखित नै हुन्छ’ अर्याल सुझाउछन्, ‘रि–भ्यूमा उल्लेख भएजस्तो सबै त नहोला, तर रि–भ्यूलाई पनि आधार बनाएर होटल छान्न सकिन्छ ।’ट्रेकिङ जाने हो भने ‘पूर्व योजना अनिवार्य’ कतिपय घुमफिरमा रमाउनेहरु बिना योजना पनि घुम्न निस्कन्छन् । तर, यो पनि एक खालको ‘एडभेन्चर मुड’ नै हो । तर, उच्च पहाडी भेगतिर पदयात्रामा जान मन छ भने पूर्व योजना अनिवार्य चाहिने आग्रह अर्याललको सुझाव छ । ‘पोखरा आउनु भएका कतिपय साथीहरु यहाँ आइहालियो, अब अन्नपूर्ण ट्रेक वा अन्त कतै पुगेर फर्किउँ न त भन्ने पनि देखिनुहुन्छ’ अर्याल भन्छन्, ‘तर, ट्रेकिङमा जाने हो भने यसरी हतारमा निर्णय गर्नु हुँदैन । सट ट्रेक (छोटो ट्रेकिङ) हो भने पनि ४ दिनको हुन्छ । यसका लागि सबै बन्दोबस्त मिलाउनुपर्छ । लाउने, खानेदेखि प्राथमिक उपचारका विधि सिकेर औषधि समेत बोकेर जानुपर्छ ।’मौसम पनि ख्याल गर्नेआफू जान लागेको ठाउँको मौसम, त्यस क्षेत्रमा आगामी केही दिनमा मौसममा कुनै परिवर्तन हुन सक्छ कि सक्दैन भनेर सम्बन्धित निकायले गरेको अनुमान, बाटोघाटो, पहाडी क्षेत्र भए उचाई लगायतलाई पहिल्यै ध्यान दिएर मात्रै मानसिक रुपमा आफूलाई तयार पारेर मात्रै घुम्न निस्कनु उचित्त हुने अर्याल बताउँछन् ।साथमा, ट्रिप एड्भाइजर र बुकिङ डटकम जस्ता अन्तराष्ट्रिय स्तरका ट्राभल साइट तथा म्यागेजिनहरु हेर्न पनि भुल्न नहुने अर्यालको सुझाव छ ।

सम्बन्धित सामग्री

पर्यटन व्यवसायी महिलाहरुको कार्यशाला पोखरामा सम्पन्न

काठमाडौं – पर्यटन व्यवसायी महिलाहरुको चुनौति र अवसर विषयक कार्यशाला पोखरामा सम्पन्न भएको छ । शनिबार पोखरामा पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान), युरोपियन युनियन, नेपाल सरकार र जिआईजेड संस्थाको आयोजनामा पर्यटन व्यवसायी महिलाहरुको कार्यशाला सम्पन्न भएको हो । पोखराको लेकसाइड रिट्रिट होटलमा भएको कार्यक्रम नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युरोपियन युनियनको […]

विहार र उत्तर प्रदेशका पर्यटन व्यवसायी पाल्पामा

बुटवल– भगवती जात्राको अवसरमा भारतका विहार र उत्तर प्रदेशका पर्यटन व्यवसायी पाल्पा आइपुगेका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा पाल्पा च्याप्टरले आयोजना गरेको कार्यक्रमअन्तर्गत छिमेकी मुलुकका ३० जना पर्यटन व्यवसायी र पत्रकारको टोली पाल्पा आएको हो । ऐतिहासिक जात्रा अवलोकनका साथै पाल्पामा रहेका विभिन्न पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले […]

जलकुम्भी झारले कुरुप बन्दै फेवाताल, पर्यटन व्यवसायी झार हटाउन सक्रिय

कास्की : पोखराको फेवातालमा वर्षासँगै फैलिएको जलकुम्भी झारले ताल कुरुप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन्।प्रत्येक वर्षको वर्षात्को समयमा फेवातालको सिरान पश्चिमी भागबाट पूर्वीभागतर्फ फैलिँदै आउने जलकुम्भी झार हटाउन पोखराका विभिन्न संघसंस्था, सुरक्षाकर्मी र पर्यटन व्यवसायी सक्रिय हुने गरेका छन्।ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशको संयोजनमा पोखराका पर्यटन व्यवसायी, सुरक्षाकर्मी, पर्यटनसम्बन्धी संघसंस्था र विद्यार्थीद्वारा आज बिहान फेवातालका फैलिएको १० ट्रक जलकुम्भी

१७ फागुनमा होटल तथा पर्यटन व्यवसायी संघ बागमतीको अधिवेशन चित्लाङमा

१२ फागुन, वीरगञ्ज । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश समितिको अधिवेशन हुने भएको छ । १७ फागुनमा चित्लाङमा अधिवेशन गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशले जनाएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधि, पर्यवेक्षक तथा अतिथि लगायत गरी […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पर्यटन व्यवसायी उत्साहित

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेसँगै पोखरेलहरूले साढे चार दशकपछिको सपना पूरा भएको छ । विमानस्थल सञ्चालनमा आएसँगै पोखराका पर्यटन व्यवसायी पनि निकै उत्साहित भएका छन् ।  नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं अग्रज पर्यटन व्यवसायी वासु त्रिपाठीले […]

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा, १९ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै पोखरेलीहरुले साढे चार दशकपछिको सपना पूरा भएको छ । विमानस्थल सञ्चालनमा आएसँगै पोखराका पर्यटन व्यवसायी पनि निकै उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं अग्रज पर्यटन व्यवसायी […]

पर्यटन व्यवसायी शेर्पा सम्मानित

नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी ङावाङिमा शेपालाई कोरियन सरकारले कोरियन अल्पाइन फेडेरेशनको नेपालस्थित लियजन अफिसको अध्यक्षका रूपमा नियुक्त गरेको छ । कोरियाको राजधानी सियोलमा आयोजित फेडेरेशनको ६०औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा शेर्पालाई नेपालको सम्पर्क कार्यालयको अध्यक्षको प्रमाणपत्र प्रदान गरिएको हो ।कोरियाका पूर्वराष्ट्रपति मुन जे उनकै पालामा उनको सरकारले नेपालको लियजन अफिसको प्रेसिडेन्ट बनाउने निर्णय गरे पनि कोभिड महामारीका कारण दुई वर्षपछि शेर्पालाई यो प्रमाणपत्र दिइएको

मन्त्री आलेलाई पर्यटन व्यवसायी संगठन नेपालको शुभकामना

काठमाडौं । पर्यटन व्यवसायी संगठन नेपालले संस्कृति, पर्यटन तथा नागरिक उडड्यानमन्त्री प्रेमबहादुर आलेलाई बधाई तथा शुभकामना दिएको छ । मन्त्री आलेको निवासमै पुगेर व्यवसायीहरुले बधाई तथा शुभकामना दिएका हुन् । मन्त्री आलेलाई बधाईसँगै २१ बुदे सुझावसमेत व्यवसायीले दिएका थिए । कोभिड–१९ को महामारीले चीर निन्द्रामा सुतेको पर्यटन व्यवसाय पुनर्जीवन दिनका लागि बेथिति निमूल गरी नयाँ […] The post मन्त्री आलेलाई पर्यटन व्यवसायी संगठन नेपालको शुभकामना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

खोपको माग गर्दै पोखराका पर्यटन व्यवसायी

पोखरा, असार २१ । पोखराका पर्यटन व्यवसायीहरुले कोरोनाविरुद्धको भ्याक्सिन (खोप)को माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले नो भ्याक्सिन, नो टुरिजम को एक सूत्रीय माग राखेका छन् । पोखराको पर्यटनसम्बद्ध संघसंस्थाका छाता संगठन पोखरा पर्यटन परिषद्को नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनपछि उनीहरुले कोरोनाका कारण पर्यटन व्यवसायमा परेको प्रभाव, यसको असर, व्यवसाय पुनर्जागरण, जीवनरक्षा कोष, […]

पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालीम

पोखरा / पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि पर्यटन व्यवसायी महिलालाई डिजिटल अनलाइनसम्बन्धी तालीम प्रदान गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ (टेवान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा सङ्घ आवद्ध सदस्यलाई प्रविधिको सही प्रयोगबाट व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । तालीमको उद्घाटन सत्रमा पोखरा महानगरपालिका –६ का वडाध्यक्ष जगत... The post पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालीम appeared first on Purbeli News.