वैदिक कथा : किन मारिए शम्बरहरू ?

वेदमा एउटा कथा छ । प्राचिनकालमा नर्य, यदु, तुर्वीति र तुर्वस नामका राजा थिए । उनीहरूका पार्थिव शरीर र राज्य अलग अलग भए पनि मन, वचन र विचार एउटै थियो । एउटै विचार लिएर हिँड्थे एउटै नीतिले राज्य सञ्चालन गर्थे । उनीहरू धार्मिक थिए, धर्मपूर्वक शासन गर्थे, जसले गर्दा उनीहरूका राज्यमा हत्या, हिंसा, आतङ्क केही थिएन । जनता शान्त, शिष्ट र सभ्य थिए भने समाज स्वस्थ र सद्भावले युक्त थियो । जनस्तरमा मेलमिलाप र सहकार्य थियो राज्यमा उन्नति र प्रगति । प्राकृतिक नियम के छ भने अगुवा जस्ता हुन्छन् अनुयायी त्यस्तै