इटालीयन नेपोलीलाई दोस्रो लेगमा ४-२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । नेपोलेको घरेलु मैदानमा सहज जित निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५(३ ले विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । बार्सिलोनामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।बार्सिलोनाको जितमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले गोल गरे । नेपोलीका लोरेन्जो इन्सिग्ने र माथेओ पोलिटानो ले सान्त्वना गोल गरे । खेलको आठौं मिन