‘कृषि सूचना प्रणाली व्यवस्थित नहुँदा बढी क्षति भयो’

काठमाडौँ– तीन दिनयताको वर्षाले देशभर जनधनमा ठूलो क्षति भएको छ । यसपालीको असर बढी हुनुमा कृषि सुचना प्रणाली व्यवस्थित नहुनु मुख्य कारण रहेको एशोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिष्ट (अनाज) ले जनाएको छ । हरेक वर्ष कुनै न कुनै रुपमा प्राकृतिक प्रकोपको मारमा नेपाली किसानहरु पर्दै आएकोमा वर्षा सकिएपछि एक्कासी आएको पोष्ट मनसुन (मनसुन उत्तराद्र्ध) ले […]

सम्बन्धित सामग्री

क्षति घटाउन पूर्व सूचना प्रणाली अनिवार्य

प्राकृतिक विपद्बाट बर्सेनि अर्बौँ बराबरको क्षति हुन थालेपछि संसारका सबै मुलुकहरूले विपद् व्यवस्थापनका लागि पूर्व सूचना प्रणालीलाई अनिवार्य गर्नुपर्नेमा सहमत जनाएका छन् ।

बाढी पूर्व सूचना दिने प्रणाली रौतहटमा जडान

बर्खाको बेला बाढीबाट हुने मानवीय र धनजनको क्षति कम गर्न रौतहटको गौरस्थित जिल्ला प्रशासन कार्यालयमा पूर्व सूचना प्रणाली (साइरन) जडान गरिएको छ । सदरमुकाम गौरका स्थानियले बर्सेनि डुबानको समस्या झेल्दै आएका छन् ।

जलविद्युत आयोजनाहरू सुरक्षित नभएमा देशकै अर्थतन्त्रमा असर पर्छ: मन्त्री भुषाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमहरूले जलवायु परिवर्तनका जोखिमहरू बढाउँदै लगेको बताएकी छिन् । आज आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचनाप्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’सम्बन्धी कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापन नेपालका लागि चुनौती बन्दै गएको बताईन्।उनले भनिन् , “जलवायु परिवर्तनको प्रत्यक्ष असर हाम्रा नदीनाला तथा वरपरका वस्तीहरूमा उच्चतम देखिन्छ । बाढी, पहिरोजस्ता प्रकोपहरूका कारण ठूलो जनधनको क्षति हुन पुगेको छ । जलविद्युत आयोजनामा समेत निकै असर परेको छ ।” मन्त्री भुसालले जलवायु परिवर्तनको असर निरन्तर बढ्ने क्रममा रहेकाले त्यसका लागि जिम्मेवार मुलुकले प्रभावित राष्ट्रलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताईन् । उनले भनिन्, “जलवायु परिवर्तनका असर बढाउने मुलुकहरूले प्रभावित राष्ट्रलाई उचित क्षतिपूर्ति दिनुपर्छ ।”जलविद्युत आयोजनाहरू गुणस्तरीय र भरपर्दो तवरले निर्माण गर्न तथा विभिन्न प्रकोपका कारण आइपर्ने जोखिमबाट सुरक्षित राख्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री भुसालले आयोजनाहरूको दीगो विकासका लागि सुरक्षित कदम चाल्नुपर्ने बताईन्। जलविद्युत आयोजनाहरू सुरक्षित नभएमा देशकै अर्थतन्त्रमा असर पर्न सक्नेतर्फ सचेत गराउँदै उनले जोखिम न्यूनीकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन तथा विभिन्न निकायसँग समन्वय गर्न उर्जा मन्त्रालयले आवश्यक पहल गर्ने विश्वास दिलाईन्।जलवायु परिवर्तनको प्रभावले यही वर्ष दुई पटक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति व्यहोर्नु परेको स्मरण गर्दै मन्त्री भुसालले इलाम नगरपालिका र माई जोगमाई गाऊँपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी जोखिम न्यूनीकरणमा खेलेको भूमिकाको प्रशंसा गरिन् । उनले भनिन् , “पूर्व सूचना प्रणालीले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सहयोग गर्ने विश्वास लिएकी छु । साथै, पूर्व सूचना प्रणाली स्थापना गर्ने कार्य अन्य जलविद्युत आयोजनाहरूले समेत अवलम्बन गरेको खण्डमा, सोबाट आयोजनाका साथै स्थानीय समूदायलगायत सबैलाई फाइदा पुग्नेछ ।”सो अवसरमा मन्त्री भुसालले उत्पादित विद्युतलाई देशभित्रै खपत बढाउन तथा छिमेकी राष्ट्रलाई निर्यात गर्न आवश्यक नीति नियम तथा वातावरण तयार गरी जलविद्युतको दीगो विकासका लागि निरन्तर प्रयास गरिरहेको जानकारी दिईन्।

पूर्व सूचना प्रणालीको बेवास्ताले ठूलो क्षति

कैलाली । गत कात्तिक १ गते कर्णाली नदीको बाढीले कैलालीको दक्षिण पूर्वी क्षेत्रमा ठूलो क्षति पुग्यो । बाढी आउनुभन्दा तीन दिन पहिले नै अधिकांशको मोबाइलमा एसएमएस आएको थियो । बाढी आउनसक्ने भएकाले नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।       टीकापुर नगरपालिका–८ वनगाँउका आशाराम कुश्मीको मोबाइलमा पनि सूचना आएको थियो । उनले त्यो सूचना हेरे । तर त्यसको पर्वाह भने गरेनन् । पूर्व सूचना प्रणालीका माध्यमबाट सूचना पाएका कुस्मीले त्यो कुरा अरूलाई पनि भनेनन् । अन्ततः बाढी आयो कुश्मीलगायत वनगाउँका बासिन्दालाई घरको अन्नपात, पशु चौपाया, ज्येष्ठ नागरिक तथा बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निकै समस्या भएको भयो । ‘सूचना प्रणालीको पहुँचमा अझै पनि सबै नागरिक नभएकाले पूर्व सूचना प्रणाली प्रभावकारी हुन सकेको छैन, थाहा भएका नागरिकले अन्य नागरिकलाई सुसूचित गर्नुपर्ने रहेछ भन्ने ज्ञान भएको छ,’ उनले भने, ‘कहिलेकाहीँ मोबाइलमा नेटवर्कको समस्या छ, कामकै व्यस्तताले सूचना प्रणालीमार्फत पाएको सूचनालाई अवलम्बन गर्न सकिएको छैन ।’ सोही ठाउँका स्थानीयवासी धर्माबहादुर थारूले बाढीको पूर्व सूचना प्रणालीलाई समयमै अवलम्बन गर्न नसकेकै कारण बढी जोखिम हुने गरेको बताए । त्यसबाट बालबालिका, खाद्य बस्तु तथा पशु चौपायाको व्यवस्थापनमा चुनौती हुने गरेको उनको भनाइ छ ।     ‘सूचना नपाएकै भन्न मिल्दैन, हामीले बाढी नआएसम्म त्यसको पर्वाह नगरेका मात्रै हौं,’ उनले भने, ‘समुदायमा जनसंख्याको अवस्था हेरेर सूचना प्रणालीको प्रयोग गर्न आवश्यक छ, सूचना पाएकाले सतर्कताको मानसिकता बनाइसकेका हुन्छन्, सूचना नपाएका बढी प्रभावित हुने गरेका छन् ।’ टीकापुर–४ की रामदुलारी चौधरीले बर्सेनि बाढीबाट समस्यामा पर्दै आएको भन्दै घरभित्र र बाहिरको सामान व्यवस्थापन गर्दै समय जाने गरेको बताइन् । टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरका लागि कर्णाली नदी बाढीको मुख्य समस्या भएको बताए । विपद्को जानकारी गराउँदा पनि आफ्नो आँगनमा पानी नपुग्दासम्म स्थानीयवासीले पूर्व तयारीमा जुट्न नसक्नु नै अर्काे समस्या भएको उनको भनाइ छ । यस्तै जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पूर्व सूचना प्रणालीका आधारमा प्राप्त भएको सूचनालाई ध्यानमा राख्दै स्थानीयवासीलाई सुरक्षित रहन आग्रह गरिँदै आएको बताए । तर त्यसको कार्यान्वयनमा बेवास्ता गर्दा बढी क्षति हुने गरेको उनको बुझाइ छ । भजनी नगरपालिका विपद् फोकलपर्सन खेमराज पनाडीले सूचना प्राप्त भए पनि नागरिकको बेवास्ताका कारण पूर्व सूचना प्रणाली नै प्रभावकारी नभएको बताए । समस्या आइपरेपछि मात्रै नागरिकमा चेतना आउने गरेको उनले सुनाए । यस्तै जोशीपुर गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी महतोले विपद्का घटना दिउँसोभन्दा रातिको समयमा बढी हुने गरेको भन्दै बालबालिका र ज्येष्ठ नागरिकलाई व्यवस्थापन गर्न चुनौती रहेको बताए । टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले विपद्का घटना नसोचेकै समयमा पनि हुने गरेकाले पूर्व सूचना प्रणालीलाई सबैले आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका सभापति जगदीश्वर पण्डितले सूचना प्रणालीलाई प्रभावकारी बनाउन गाउँका बडघरलाई सूचित गराउन आवश्यक रहेको भन्दै प्रधानमन्त्री स्वरोजगारमा आबद्ध भएका युवालाई विपद्सँग जोड्न आवश्यक रहेको बताए । रासस

बाढी र पहिरोले तहनहस, पूर्व सूचना प्रणाली व्यवस्थित नभएका कारण जनधनको क्षति

काठमाडौं, असार ३ । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म सात जनाको ज्यान गएको छ भने दर्जनौ मानिष बेपत्ता भएका छन् । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका दर्जनौं […]

मेक्सिको सिटीमा थप ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने :: Pahilopost.com

मेक्सिको सिटी :  मेक्सिको सिटी सहरका विभिन्न सडकमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ।  मेक्सिको सिटीका मेयर माइगल एन्जेल मनसेराले आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गर्न लागेको जानकारी दिएका हुन्। मेक्सिको सिटीमा गत सेप्टेम्बरमा गएका दुई ठूला भूकम्पबाट ठूलो क्षति पुगेको

मेक्सिको सिटीमा भूकम्पीय पूर्व सूचना प्रणाली जडान गरिँदै

मेक्सिको सिटी सहरका विभिन्न सडकहरुमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ । मेक्सिको सिटीमा पछिल्लो समयमा गत सेप्टेम्बरमा गएका दुई ठूला भूकम्पबाट ठूलो क्षति पुगेको छ।