नेपालका पञ्चदेखि बहुदल हुँदै गणतन्त्रवादी राजनीतिक दल र तिनका नेता, नीतिनिर्माता र कर्मचारीतन्त्र समेतले नबुझेको कुरा के हो भने भारत नेपालको पानी चाहन्छ, विद्युत् होइन। भारतको आवश्यकता पानी हो जसको अरु कुनै विकल्प छैन। विद्युत् पनि भारतको आवश्यकता हो तर त्यसको विकल्प छ।