कोरोना खोप लगाउने तयारी

नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति पुष्टि भएको एक वर्षमा कोरोना (कोभिड–१९)विरुद्धको खोप आएको छ । बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको हो । यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि चासो बढेको छ । सरकारद्वारा खोप वितरण, खोप लगाउने व्यक्तिलाई तालिम र खोप लगाइने व्यक्तिको छनोट जस्ता काम धमाधम भइरहेका छन् । कोरोनाविरुद्धको खोप लगाउन सरकारले व्यापक तयारी गरेको छ । देशभरका १५० जना खोप अधिकृतलाई स्वास्थ्य सेवा विभागले तालिम दिइसकेको छ भने बाँकी खोप कार्यकर्तालाई पनि तालिम दिने तयारी गरिरहेको छ । आइतबार नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका खोप भण्डारणमा कोरोनाविरुद्धको खोप पठाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले कोरोना खोपको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

५ देखि ११ वर्षका बालबालिकालाई फाइजर र बायोइन्टेक खोप लगाउने अनुमति

काठमाडौँ । अमेरिकाको खाद्य तथा औषधि विभागले पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र बायोइन्टेक कोरोना खोप लगाउने अनुमति दिएको छ । शुक्रबार खाद्य तथा औषधि विभागले उक्त उमेर समूहका बालबालिकालाई फाइजर र बायोइन्टेक कोरोना खोप लगाउने अनुमति दिएको हो । योसँगै अमेरिकामा फाइजर र बायोइन्टेकका कोरोना खोप साना बालबालिकालाई लगाइने पहिलो खोप […]

७२ प्रतिशत जनसंख्यामा कोरोना खोप लगाउने तयारी

काठमाडौं। सरकारले १८ वर्षमाथिका ७२प्रतिशत जनसंख्यामा कोरोना खोप लगाउने तयारी पुरा गरिसकेको जनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खोप अभियान सञ्चालन भइरहेका जिल्लामा भेरोसेलका खोप र भोली वा पर्सिबाट सुरु हुने बाँकी जिल्लामा जोनसन कम्पनीको खोप लगाइने जनाएको छ। साउन पन्ध्रभित्र कम्तीमा३२लाख खोप नेपाल आइसक्ने र त्यसपछि पनि निरन्तर खोपहरु नेपाल आउने मन्त्रालयले जनाएको छ।

काठमाडौंमा पहिलो मात्राको कोरोना खोप लगाउने कार्यक्रम स्थगित

काठमाडौं । काठमाडौंमा पहिलो मात्राको कोरोना खोप लगाउने कार्यक्रम स्थगित गरिएको छ । शुक्रबार स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्तिमार्फत् कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएसँगै काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको जनाइएको छ । मौजुदा खोप सकिएपछि साउन ४ गते लगाउने भनिएको खोप कार्यक्रम स्थगित भएको छ । जारी विज्ञप्तिमा भनिएको […]

कोरोनाविरुद्धको खोप लगाउने रामदेवको घोषणा

२८ जेठ, काठमाडौं । एलोप्याथिक उपचार पद्धतिको विरोध गर्दा विवादमा आएका पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले कोरोना विरुद्धको खोप लगाउने घोषणा गरेका छन् । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार रामदेवले छिट्टै कोरोना खोप लगाउने घोषणा गरेका हुन् । यसअघि प्याथोलोजी लगायत आधुनिक चिकित्सा पद्धतिको विरोधमा उत्रिएपछि रामदेवविरुद्ध भारतका चिकित्सकहरुले देशव्यापी विरोध गर्दै उनीविरुद्ध कानुनी उपचारको […]

अगष्टसम्ममा दैनिक एक करोडलाई कोरोना खोप लगाउने भारतको लक्ष्य

१८ जेठ, काठमाडौं । भारतले आगामी जुलाईको मध्य वा अगष्टको सुरुआतसम्ममा दैनिक एक करोड मानिसहरुलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । भारतको सरकारले सो अवधिसम्ममा भारतमा खोपको आपूर्ति बढ्ने र खोप अभियानलाई तीव्रता दिन सकिने बताएको छ । भारतको कोरोना खोप अभियानका लागि बनाइएको टास्क फोर्सका अध्यक्ष एनके अरोडाले अगष्टसम्ममा भारतमा बनेको करिब २५ […]

कोरोना खोप लगाउने विश्वको पहिलो पुरुषको मृत्यु

एजेन्सी।विश्वमा कोरोना खोप लगाउने दोस्रो व्यक्ति बेलायतका विलियम बिल शेक्सपियरको मृत्यु भएको छ।८१ वर्षीय विलियमको मे २० का दिन मृत्यु भएको बेलायती मिडियाले जनाएका छन्। उनले २०२० डिसेम्बर ८ का दिन कोरोना खोप लगाएका थिए।उनी विश्वमा कोरोना खोप लगाउने पहिलो पुरुष हुन्। उनीभन्दा अघि ९१ वर्षीया मार्गरेट कीननले कोरोना खोप लगाएकी थिइन्। विलियमलाई लागेको रोग भने ‘अज्ञात’ बताइएको छ।

दिल्लीमा १८ वर्षभन्दा माथिका सबैलाई निःशुल्क कोरोना खोप लगाउने घोषणा

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यमा १८ वर्षभन्दा माथिका सबैलाई निःशुल्क कोरोना खोप लगाउने घोषणा गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै उनले चाँडोभन्दा चाँडो धेरैभन्दा धेरै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने प्रदेश सरकारको योजना रहेको बताए । प्रदेश सरकारले एक करोड ३४ लाख खोप खरिद गर्ने योजना स्वीकृत गरिसकेको उनले बताए ।खोप लगाइसकेपछि कोरोनाका कारण कोरोनाका कुनै पनि बिरामीको स्वास्थ्य स्थिति गम्भीर नहुने उनको विश्वास छ । कोभिड–१९ खोपको तेस्रो

प्रधानमन्त्री ओलीले आज टिचिङ अस्पतालमा गएर कोरोना खोप लगाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने र त्यसपछि देशभर दोस्रो चरणको खोप अभियान सुरु हुने छ।

प्रधानमन्त्री ओलीले भोली कोरोना खोप लगाउने

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले भोली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने कार्यक्रम तय भएको छ।

कोरोना खोप लगाउने पहिलो नायिका बनिन् शिल्पा, सुनाइन् अनुभव

बलिउड अभिनेत्री शिल्पा शिरोडकर कोरोना विरुद्धको खोप लगाउने पहिलो अभिनेत्री बनेकी छिन् । उनले यूएईमा कोरोना खोप लगाएको बताइएको छ ।  सामाजिक सञ्जालमा एक तस्वीर शेयर गर्दै अभिनेत्री शिल्पाले यसबारे जानकारी गराएकी हुन् । उनले कोरोना खोप लगाएपछि आफूलाई कुनै नकारात्मक असर नदेखिएको बताएकी छिन् । उनले भनेकी छिन्, खोप लगाएँ, अब म सुरक्षित छु ।  बलिउडमा कोरोना खोप लगाउने उनी पहिलो नायिका बनेको बताइएको छ ।            View this post on I...