पहाडी जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैंचीको मूल्य सिजन सकिएपछि बढेको छ । कोशीका पहाडी जिल्लामा उत्पादन हुने अलैंचीको मूल्य केही दिनअघि प्रतिमन ५२ हजार पुगेको हो । यसैगरी उत्कृष्ट अलैंची प्रतिमन ५४, मध्यम ५३ र सामान्य गुणस्तरका अलैंची ५२ हजारमा किनबेच भइरहेको फिदिमका व्यवसायी दीपक नेपालले बताए । झापाको बिर्तामोडमा ५४ देखि ५६ हजार रुपैयाँसम्ममा किनबेच भएको थियो । बिर्तामोडमा चलेको मूल्यले फिदिममा पनि अलैंची किनबेच भएको उनले जनाए ।