समाजवादी प्रेस सङ्गठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ । सङ्गठनले अन्यायमा परेर पुनःवर्गीकरणको माग गरेका सञ्चारमाध्यमलाई विनापूर्वाग्रह वर्गीकरणमा समावेश गरी राहत दिन र अनलाइनको पनि वर्गीकरण गर्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हो । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डलले काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसमक्ष …