शिक्षक महासङ्घको अध्यक्षमा तुलाधर

काठमाडौं : नेपाल शिक्षक महासङ्घको अध्यक्षमा कमला तुलाधर चयन भएपछि नेतृत्व तहमा देखिएको विवाद अन्त्य भएको छ।महासङ्घमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका तर्फबाट अध्यक्ष रहेका बाबुराम थापाको पहलमा सहमति जुटेको हो। अध्यक्ष थापा शिक्षण सेवाबाट उमेर हदका कारण अवकाश प्राप्त भएपछि विधानतः अध्यक्ष पदमा निरन्तरता रहने वा नरहने भन्ने विवाद उत्पन्न भएको थियो।थापाले प्रतिनिधित्व गर्ने सङ्गठनबाट हाल महासङ्घका उपमहासचिव तुलाधरलाई सिफारिस गरेको थियो भने सो निर्णयलाई अन्य घटकले समर्थन गरेका थिए। यस नेतृत