खरेल, कोइराला र त्रिपाठी सम्मानित

भारती खरेल प्रतिष्ठानले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ । समाजसेवी तथा साहित्यकार भारती खरेलको ८५औँ जयन्ती तथा ३०औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानद्वारा शुक्रबार यहाँ आयोजित पुरस्कार समर्पण कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेललाई साहित्य सिर्जना क्षेत्रमा सम्मानपत्र र नगद राशि ५१ हजार रुपियाँसहित ‘भारती खरेल स्मृति पुरस्कार–२०७७’ प्रदान गरियो । त्यसैगरी समाजसेवाका लागि वरिष्ठ समाजसेवी श्रीमती अनुराधा कोइरालालाई ‘भारती खरेल स्मृति पुरस्कार–२०७८’ प्रदान गरियो । कोइरालाको अनुपस्थितिमा उहाँको पुरस्कार माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काले ग्रहण गर्नुभयो ।