मेरो जित्ने आधारहरू मैले अहिलेसम्म गरेको काम नै हो । चुनाव जितेपछि अधिकांश समय जिल्लामा बसेर जनताको काम गरेको छु । हरेक जनताको घर-घर गएको छु । कहीँ चुकेको छैन, जनताको विश्वासको पात्र बनेको छु । पहिला मैले १४ हजार बढी मत ल्याएको थिएँ । त्यो मत घट्न दिएको छैन । यसपटक भारी मत ल्याएर जित्ने विश्वास लिएको छु ।