कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्मकै धेरै

काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप ३५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा २६ सहित थप ३५ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे हाे । कोरोनाका कारण एकै दिन ३५ जनाको ज्यान गएको अहिलेसम्मकै धेरै हो ।यसअघि गएको कात्तिक १९ गते कोरोनाका कारण एकै दिन ३० जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार दुई सय ४६ पुगेको  छ ।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले ...