काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदाे चुनावमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बरबाद बनाउनु भएको जिकिर गर्नुभएकाे छ । आज शुक्रवार राप्रपाले काठमाण्डाैमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आउँदाे पालिका चुनावमा देशका प्रमुख पार्टीहरू कांग्रेस, एमाले र माओवादी केन्द्रलाई मत दिनु गल्ती काम हुने बताउनुभएको हो ।
प्रमुख पार्टीहरूले पटक–पटक मौका पाउँदा पनि नागरिकले सम्झने गरी केही काम गर्न नसकेको भन्दै उहाँले भन्नुभयाे, ‘हामीलाई अब समय छ...