आफ्नै भतिजी बुहारीलाई बलात्कार प्रयास गरेको आरोपमा रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवन कठायत पक्राउ परेका छन् । पीडित बुहारीले यही साउन १५ गते रामेछाप जिल्ला प्रहरी कार्यालयमा काका ससुराविरुद्ध ‘जबरजस्ती करणी उद्योग’मा जाहेरी दिएकी थिइन् ।
जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।