चीनको खुनमिङमा सबैलाई तर्साउँदै ५०० किलोमिटर हिँडेर शहर पुग्यो हात्तीको बथान (भिडियो)

चीनको युन्नान प्रान्तमा जंगली हात्तीहरूको एक बथान राजमार्गको बाटो हुँदै ५०० किलोमिटर हिँडेर खुनमिङ शहर पुगेको छ ।  पन्ध्रवटा हात्ती बाटोमा भेटिएका खेतको अन्नबाली खाँदै अनि घरका ढोकामा सुँढ छिराउँदै खुनमिङ पुगेका हुन् ।  त्यहाँ उनीहरूका लागि सयौं किलो खानेकुरा तयार राखिएको छ र सुरक्षित राख्न कोशिश गरिएको छ ।  उनीहरू आफ्नो वासस्थानबाट यो यात्रामा किन हिँडेका हुन् भन्ने स्पष्ट छैन । तर उनीहरूको यात्राले स्थानीय तथा विज्ञहरूलाई मन्त्रमुग्ध बनाएको छ ।  अनुभवहीन नेता हात्तीले उनीहरूलाई गलत बाट...