बञ्चरेडाँडाबाट पक्राउ परेका स्थानीयलाई बालुवाटारमा बोलाइयो

काठमाडौँ। बञ्चरेडाँडाबाट पक्राउ परेका स्थानीयलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। बुधबार दिउँसो बञ्चरेडाँडाबाट पक्राउ परेका स्थानीयलाई बालुवाटार बोलाइएको हो। बञ्चरेडाँडा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार प्रहरीले उनीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाएको भन्दै छाडेको हो।