आन्तरिक राजस्व कार्यालय, भरतपुरमा अन्त:शुल्क शीर्षकमा २ अर्ब ६४ करोड राजस्व संकलन

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले जेठ महीनामा अन्त:शुल्क शीर्षकमा रू. २ अर्ब ६४ करोड राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार मदिरा तथा सूर्तीजन्य पदार्थको कर रू. २ अर्ब ६४ करोड ७३ लाख ९९ हजार संकलन भएको हो । आन्तरिक राजस्व विभागले कार्यालयलाई अन्त:शुल्क शीर्षकमा उक्त महीना रू. ३ अर्ब ७ करोड ३९ लाख ५१ हजार असुली गर्ने लक्ष्य दिएको थियो ।  गत महीना कार्यालयले मूल्य अभिवृद्धि करबाट रू. १७ करोड १५ लाख ११ हजार राजस्व संकलन गरेको छ । यो शीर्षकमा विभागले रू. २४ करोड ८६ लाख १६ हजार असुलीको लक्ष्य दिएको थियो । आयकर र स्वास्थ्य सेवा शुल्क शीर्षकमा भने कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाएको छ । विभागले कार्यालयलाई आयकरमा रू. १५ करोड १२ लाख ५४ हजार राजस्व असुलीको लक्ष्य दिएकोमा रू. २० करोड २३ लाख ३ हजार संकलन भएको छ भने स्वास्थ्य सेवा शुल्कमा रू. २० लाख ७३ हजार लक्ष्य रहेकोमा ५१ लाख ८४ हजार संकलन भएको छ । कार्यालयका अनुसार बहाल कर शीर्षकमा रू. ५६ लाख ८१ हजार राजस्व असुलीको लक्ष्यमा रू. ३५ लाख ९३ हजार असुली भएको छ । ब्याज कर शीर्षकमा ५१ लाख ८६ हजार लक्ष्यमा ३७ लाख ३६ हजार राजस्व असुली भएको छ । सबै शीर्षकमा गरी जेठका लागि विभागले दिएको लक्ष्यभन्दा १३ प्रतिशत कम राजस्व असुली भएको हो । उक्त महीनाका लागि रू. ३ अर्ब ४८ करोड ६७ लाख ४३ हजार राजस्व असुलीको लक्ष्य रहेकोमा कार्यालयले रू. ३ अर्ब ३ करोड १६ लाख ५६ हजार मात्र संकलन गर्न सकेको छ । कार्यालयका सूचना अधिकारी विष्णु रावतले विगतका महीनामा भन्दा जेठमा कर असुलीमा सुधार आएको बताए । ‘गत महीना पेयपदार्थ तथा सूर्तीजन्य पदार्थको निकासी पनि बढ्यो,’ उनले भने, ‘आयकर तिर्ने करदातालाई पनि हामीले ताकेता गर्‍यौं, सोहीअनुसार राजस्वमा पनि वृद्धि भयो ।’ कार्यालयको राजस्वको प्रमुख स्रोत मदिराजन्य पदार्थ भएकाले यस शीर्षकमा बढी कर असुली हुने गरेको छ । सूर्ती उद्योग तथा कारखानाले स्वास्थ्य जोखिम कर तिरेकाले जेठमा स्वास्थ्य सेवा शुल्कमा लक्ष्यभन्दा बढी कर असुली भएको सूचना अधिकारी रावतले बताए । विभागले चालू आर्थिक वर्षका लागि रू. २६ अर्ब २६ करोड ५९ लाख ७४ हजार राजस्व असुलीको लक्ष्य दिएको छ । जेठ मसान्तसम्ममा कार्यालयले रू. १९ अर्ब ७३ करोड २५ लाख ५४ हजार राजस्व संकलन गरेको छ ।

सम्बन्धित सामग्री

लक्ष्य अनुरुप राजस्व संकलन गर्न आन्तरिक राजस्व कार्यालय कञ्चनपुर असफल

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुरुप राजस्व संकलन गर्न सकेको छैन। आर्थिक वर्ष ०७९/०८० मा आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुरुप राजस्व संकलन गर्न नसकेको हो। गत आर्थिक वर्षमा आन्तरिक राजस्व...

आर्थिक मन्दीले राजस्व संकलन प्रभावित

आर्थिक मन्दीको प्रभाव राजस्व संकलनमा परेको छ । आर्थिक मन्दीको कारण व्यापार व्यवसाय संकटमा परेपछि राजस्व संकलन प्रभावित हुन थालेको हो । व्यापार घटेपछि व्यवसायीहरू बैंकको किस्ता र राजस्व बुझाउने अवस्थामा रहेका छैनन् । सोही कारण राजस्व संकलन निरासजनक देखिएको हो । आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार राजस्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन । […]

डडेल्धुरामा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन

डडेल्धुरा । आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन । आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कमा लक्षित कर संकलन नभएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरा, बैतडी, बझाङ्ग र दार्चुलाका लागि सेवा क्षेत्र रहेको आन्तरिक राजश्व […]

साउनमा ४४ करोड राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो एक महिना अर्थात साउनमा ४४ करोड ५३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।कार्यालयको ४० करोड ४० लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेपनि साउनमा ११०.२२ प्रतिशत राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रमेश शर्माले बताए ।कार्यालयले लक्ष्य […]

जुम्लामा लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्ष ०७८/७९ मा लक्ष्यभन्दा सात करोड बढी राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व...

जुम्लामा ४० करोड राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्षमा लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन गरेको हो ।वार्षिक प्रतिवेदन अनुसार आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा […]

राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन

करछली गर्ने ठूला व्यवसायीमाथि कार्यालय उदाशिन रहँदा बर्षेनी राजस्व छली आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । गत आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्य अनुसार राजस्व संकलन गर्न...

पोखरामा करिब ५ अर्ब राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।गत आर्थिक वर्ष २०७८/०७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत राजस्व संकलन गरेको उल्लेख गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा ४ अर्ब ४० करोड मात्र राजस्व […]

पोखरामा गत आर्थिक वर्षमा झन्डै ५ अर्ब राजस्व संकलन

पोखरा : आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्षमा ४ अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।  गत आर्थिक वर्ष २०७८/७९ मा कुल ५ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले लक्ष्य नजिक ९६ प्रतिशत संकलन गरेको उल्लेख गरेको छ।कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ४० करोड मात्र राजस्व संकलन गरेको थियो।अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष राजस्व संकलन बढेको छ। पोखरा आन्तरिक राजस्व कार्यालय प्रमुख रमेश शर्माले आर्थिक वर्ष २०७८/०७९ मा आयकर १०६ प्रतिशत, घरबहाल कर १२२

आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय जनकपुरले लक्ष्यभन्दा ३३ प्रतिशत बढी राजस्व संकलन गरेको छ।कार्यालयलाई आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा चार अर्ब ६ करोड ६४ लाख ४२ हजार रुपैयाँ लक्ष्य दिएकोमा चार अर्ब ७९ करोड २६ लाख ७८ हजार रुपैयाँ संकलन गरेको छ। जुन लक्ष्यको तुलना ७२ करोड ६१ लाख ७० हजार बढी हो। यो पछिल्लो ६ वर्षको तुलनामा सबैभन्दा बढी रहेको छ ।कार्यालय प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवका अनुसार संकलित रकममध्ये आय करतर्फ दुई अर्ब चार करोड २५ लाख ६२ हजार, मूल्य अविवृद्धि करतर्फ ए