डोटी – डोटीमा सञ्चालन हुने गाडी चालकले सडकमै पार्किङ गर्ने गरेका कारण सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै अहिले गाडी बसपार्कमै राख्ने निर्णय गरिएको छ ।
‘व्यवस्थित बसपार्क नहुँदा समस्या, सडकमै गाडी पार्किङ’ भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि अहिले जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका र गाडी व्यवसायीको छलफलपछि बसपार्कमै गाडी पार्किङ गर्ने सहमति भएको हो ।
नगरपालिकाले पिपल्ला बजारमा लाखौँ रकम खर्च गरेर बसपार्क निर्माण गरेको भए पनि त्यो बसपार्क व्यवस्थित नभएको र साँघुरो भएको भ...