जनकपुरधाम-ढल्केवर ६ लेन सडकमा प्रहरी चौकी तगारो !

धनुषाको जटही–जनकपुरधाम–ढल्केवरसम्म ६ लेन व्यापारिक मार्ग सडकखण्डको विस्तार करिब करिब टुंगिए पनि ठाउँठाउँमा सडक विस्तारकै अनुभूति गर्न नसकिने अवस्था छ । सवारी चाप बढेपछि सरकारले व्यापारिक मार्गको रुपमा सडक विस्तारको आयोजना अघि बढाएको थियो । तर ठाउँठाउँमा सडक विस्तारले पूर्णता पाउन सकेको छैन । ४० मिलोमिटर लामो सडकमध्ये ३२.५ किलोमिटर  कालोपत्रे भइसकेको छ । केही पुल पुलेसा र जनकपुरधाम नगरभित्रको सडक निर्माण हुँदैछ । यस आयोजनाले भारतको पिपरौन नाकादेखि जटही हुँदै पूर्व–पश्च