काठमाडौं ९ : कृष्णगोपालको दोहोरिने प्रयासमा धमला चुनौती
राजधानीमा रोचक प्रतिस्पर्धा हुने मानिएको क्षेत्र हो, काठमाडौं क्षेत्र नम्बर ९ । यस क्षेत्रमा एमालेबाट कृष्णगोपाल श्रेष्ठ र सत्तागठबन्धनका तर्फबाट माओवादी नेतृ कल्पना धमला प्रतिस्पर्धामा उत्रिएका छन् । यस क्षेत्रमा ०७४ मा...
काठमाडौं, ६ मंसिर । काठमाडौं–९ मा नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतको अन्तरले पराजित गरेका हुन् । विजयी श्रेष्ठले ११९५६ मत ल्याएका हुन् । निकटतम प्रतिष्पर्धी पोखरेलले १०९६१ मत ल्याए ।
काठमाडौं– काठमाडौं-९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । त्यसैगरी सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मत प्राप्त गरेकी थिइन् ।
काठमाडौं ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । एमालेको यो दोस्रो जित हो । यसअघि ललितपुर ३ बाट एमालेका प्रेमबहादुर महर्जन विजयी भएका थिए ।
काठमाडौं, ५ मंसिर । काठमाडौं–९ मा पछिल्लो मतपरिणाम अनुसार ४ हजार मत गन्दा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठले अग्रता कायम राखेका छन् । एमालेका श्रेष्ठले ११४४ मत प्राप्त गरेर अग्रस्थानमा छन् । उनलाई पछ्याउदै राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ११३५ मत प्राप्त गरेका छन् । सत्तागठबन्धनकी कल्पना धमलाले ५३५ मत ल्याएकी छिन् ।
२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नं. ९ मा सुनिल रिजालले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि उनले काठमाडौं–९ बाट मनोनयन दर्ता गराएका हुन् । रिजाल कानूनी र आर्थिक पृष्ठभूमिका युवा हुन् ।
काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र) ले काठमाडौं-९ मा कल्पना धमलालाई उम्मेदवार बनाएको छ । नेतृ धमला पूर्वमन्त्री हुन् । उनी धादिङको साविक क्षेत्र नं-२ बाट ०६४ को संविधानसभाको चुनावमा विजयी भएकी थिईन् । पछिल्लो समय उनी पार्टीमा स्वास्थ्य विभागमा कार्यरत छिन् । उनलाई सत्ता गठबन्धनको सहयोग रहेको छ । माओवादीले काठमाडौंमा पाएको तीनवटै […]
२३ काठमाडौं, असोज । नेकपा माओवादी केन्द्रले काठमाडौं ९ बाट पूर्वमन्त्री कल्पना धमलालाई उम्मेदवार बनाएको छ । धादिङको साविक क्षेत्र नं. २ बाट पहिलो संविधानसभा सदस्य निर्वाचित धमला सोही क्षेत्रबाट दोस्रो संविधानसभा सदस्यमा पराजित भएकी थिइन् । धमला डा. बाबुराम भट्टराई नेतृत्व सरकारकी विज्ञान तथा प्रविधि मन्त्री हुन् । माओवादी पोलिटब्यूरो सदस्य रहेकी धमलासँगै माओवादी […]
२२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यले काठमाडौं– ९ को टिकटमा दाबी छोडेका छन् । सत्ता गठबन्धनको भागवण्डामा माओवादीले स्थायी कमिटी सदस्य शाक्यका लागि भनेर काठमाडौं–९ लिएको थियो । उम्मेदवारी दर्ताको अघिल्लो दिन उनी उम्मेदवार बन्ने दौडबाट बाहिरिएका छन् । अब कल्पना धमला र शंकर दुलाल दौडमा छन् । दुलालको नाम माओवादी […]
नेपाली कांग्रेस काठमाडौं - ९ ले उम्मेदवारको नामावली तय गरेको छ । नेपाली कांग्रेस काठमाडौं ९ क्षेत्रीय कार्यसमितिको बैठक ले आगामी संघीय संसद प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ४ जना उम्मेदवारको सिफारिस गरेको हो ।उम्मेदवार सिफारिसका लागि बुधबार क्षेत्रीय कार्यसमिति, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश क्षेत्रीय प्रतिनिधिहरु समेतको संयुक्त बैठक बसेको थियो ।उक्त बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ क्षेत्रीय सभापति जयकृष्ण महर्जन, केन्द्रीय