काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका बारेमा फैलाइएका भ्रम र अफवाहहरूलाई तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन् । काठमाडौँमा बुधवार आयोजित ‘प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी’को दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीहरूलाई देशको राजनीतिक घटनाक्रमबारे सही सूचना प्रवाह गर्न आग्रह गरेकी हुन् […]