काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा हुने भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका ४१ मध्ये १५ खेल नेपालमा आयोजना हुनेछन्। नेपालका त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा खेल सञ्चालन गरिनेछ। आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म हुने प्रतियोगिता नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्नेछन्।