काठमाडाैं । काठमाडाैंकाे हनुमानढोकास्थित वसन्तपुरमा चीर ठड्याइएसँगै यस वर्षको होली पर्व मंगलबारदेखि शुरू भएको छ । मंगलबार बिहान ७ बजेर १३ मिनेटको साइतमा चीर ठड्याइएकाे हाे । मंगलबार बिहान साइतमा रङ्गीचङ्गी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको करिब ३२ फिट अग्लो बाँसको तीन खण्डे चीर ठड्याएको हो । त्यसपछि चीरलाई परिक्रमा गर्दै एक-आपसमा अबीर […]