भोजपुर, ५ मङ्सिर । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले किसानलाई प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउन लागेको छ। कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक तथा जैविक खेती प्रणालीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित गाउँपालिकाले अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो। गाउँपालिकाको कृषि विकास शाखामार्फत आर्थिक वर्ष २०८३/८४ को स्वीकृत […]