काठमाडौँ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकमाझ पुर्याउने सरकारी पहलअन्तर्गत नेपाली लेखकका छ वटा कृति चिनियाँ भाषामा अनुवाद गरी सार्वजनिक गरिएको छ। चीनको छेन्दुमा आयोजित तियान्फु पुस्तक प्रदर्शनीका अवसरमा अक्टोबर १६ मा ती पुस्तक लोकार्पण गरिएको हो। लोकार्पण गरिएका कृतिमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’, भीष्म उप्रेतीको ‘हिमालय, शेर्पा र यती’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, सरुभक्तको ‘चुली’, […]