काठमाडौं – ला लिगा अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा ओसासुनाले शानदार जित निकालेको छ। मंगलबार बिहान भएको खेलमा लेभान्टेमाथि ओसासुनाले २-० को जित निकालेको हो। खेलको १३ औं मिनेटमा भिक्टर मुनियोजको गोलमा ओसासुनाले अग्रता लिएको थियो। दोस्रो गोल खेलको ३६ औं मिनेटमा रुबेन गार्सियाले थपे। पहिलो हाफमै २-० ले अगाडि रहेको ओसासुनाले दोस्रो हाफमा भने […]