नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको खेलमा टोली पराजित भएपछि रेफ्रीको निर्णयमाथि कडा असन्तुष्टि जनाएका छन् । विश्वकप छनोट अन्तर्गतको खेलमा नर्वे इङ्गल्यान्डसँग पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत रेफ्रीको आलोचना गरेका हुन् । खेलका क्रममा रेफ्रीले इङ्गल्यान्डका जुड बेलिङघम संलग्न एक विवादास्पद निर्णय गरेपछि खेल नर्वेको हातबाट फुत्किएको उनको दाबी छ […]