काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जनताको करबाट सङ्कलित रकमको एक रुपैयाँ पनि दुरुपयोग नहुने बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफदिदै मन्त्री तिमिल्सिनाले विनियोजित बजेट तोकिएको उद्देश्य र मापदण्डअनुसार मात्र खर्च हुने र मितव्ययिता, पारदर्शिता, उत्तरदायित्व र सुशासन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बनाए । […]