काइँलीका दुःख!

लास भेटिएको भए सायद अन्तिम पल्ट मंगलेलाई आफ्ना छातीमा टाँसेर रुन्थी होला काइँली। उसले मंगलेको सट्टा मंगलेको टोपीलाई छातीमा च्यापी। एकैछिन त्यो टोपी मुसारिरही। आँसु टोपीमा तप्प-तप्प गरी झर्दै थिए गालालाई छोडेर।